काठमाडौं,एजेन्सी - बलिउड अभिनेत्री शिल्पा शेट्टी श्रीमान राज कुन्द्रालाई डिभोर्स दिने तयारीमा रहेको खबर अहिले चर्चामा आएको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार शिल्पाले राजसँग डिभोर्स गर्ने सोच बनाइरहेकी छिन् । शिल्पाकी एक साथीका अनुसार शिल्पाले उनीहरुसँगको कुराकानीमा आफूलाई राज कुन्द्राको अनुहार पनि हेर्न मन नलागेको र उसँग नाम जोडिएका हरेक कुरा देख्दा पनि मन नपर्ने बताएकी छिन् ।

उनको नजिकको साथीको यो कुरापछि अहिले सामाजिक सञ्जालमा शिल्पाले डिभोर्स दिने भन्ने बारे चर्चा चल्न थालेको हो । यद्यपी शिल्पाले यसबारेमा आफ्नो आधिकारीक धारणाबारे केहीपनि खुलाएकी छैनन् । 

अभिनेत्री शिल्पाका श्रीमान राज कुन्द्रा गत जुलाईमा ‘पोर्नोग्राफी केस’ मा परी हिरासतमा रहेका छन् ।