काठमाडौं, एजेन्सी - इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
गएराति भएको समूह चरणको पहिलो खेलमा युक्रेनी क्लब डाइनामो किभलाई २-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले सुखद सुरुवात गरेको हो ।
युभेन्ट्सको जितमा अल्भारो मोराटाले दुई गोल गरे । घरेलु टोलिसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको युभेन्ट्सका लागि दुबै गोल मोराटाले गरे । खेलको ४६ औं मिनेटमा मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८४ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए । मोराटा यसै सिजन एट्लेटिको मड्रिडबाट लोनमा युभेन्ट्स फर्किएका हुन् । जितसँगै समूह 'जी'को युभेन्ट्सले ३ अंक जोडेको छ ।

.gif)



