वर्तमान सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०७८-०१-२७ ०२:३४ मा प्रकाशित
Total Shares: 340
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई अविश्वास गनुपर्ने कुनै कारण नभएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने कुनै कारण नै नरहेको बताएका हुन् । ‘आवद्धता र संलग्नतालाई हेरेर होइन, सत्यलाई पछ्याएर निर्णय गनुपर्ने अवस्था छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यदि हामीले सच्चाइलाई पछ्याउँछौं भने वर्तमान सरकार कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने सरकार होइन ।’
फेसबुक पेज Like गर्नुहोस