एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदै
खबर एक्सप्रेस
२०८१-०२-०२ ०७:४५ मा प्रकाशित
Total Shares: 66
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज सकिँदै छ । मंगलबारबाट सुरु भएको बैठक आज सकिने भएको हो ।
जारी बैठकमा मंगलबार अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही दस्ताबेजमाथि केन्द्रीय कमिटीका सदस्यहरूलाई १२ वटा समूहमा विभाजन गरेर छलफल भइरहेको छ ।
आजको बैठकमा समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले प्रस्तुत गरेपछि बैठक सक्ने तयारी गरिएको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस