प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी गर्नुभयोः नारायणकाजी श्रेष्ठ
काठमाडौं - राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी गरेको आरोप लगाएका छन् । सोमबार बसेको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रधानमन्त्री ओलीको कारण विदेशी हस्तक्षेपलाई आमन्त्रण गरेको आरोप लगाएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानमन्त्रीकै कारण अन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढेको आरोप लगाए । विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिरहेको भन्दै उनले भने, ‘उहाँले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी गर्नुभयो ।’
त्यस्तै, नेता श्रेष्ठले प्रतिगमनको छिटा राष्ट्रियसभामा पनि देखिएको टिप्पणी गरेका छन् ।उनले राष्ट्रियसभाका अध्यक्षको भूमिकाप्रति असन्तुष्टि जनाउँदै राष्ट्रियसभाको अधिवेशनलाई छिटो अन्त्य गर्नेतिर सोच्न नहुने बताए । उनले भने, ‘सम्माननीय अध्यक्ष पहिला कुन पार्टीको हुनुहुन्थ्यो, त्यो पार्टीमा पनि कुन गुटको हुनुहुन्थ्यो, सोच्ने बेला छैन । सम्मानीय राष्ट्रियसभाको अभिभावकको भूमिकामा हुनहुन्छ । केपी ओलीलाई सहयोग गर्ने भूमिकाबाट मात्र आफूलाई सोच्नुहुने छैन र राष्ट्रियसभाको गरिमा, संविधान र लोकतन्त्रको रक्षाको पक्षमा आफूलाई उभ्याउनु हुनेछ भन्ने आशा गरेको छु ।’
फेसबुक पेज Like गर्नुहोस