काठमाडौं - रुपन्देहीमा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई लक्षित गर्दै ढुंगा प्रहार भएको छ । मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गर्न पुगेका अर्थमन्त्री पौडेलमाथि लक्षित गर्दै शुक्रबार ढुंगा प्रहार भएको हो ।
ढुंगा प्रहारपछि प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा केही घाइते भएका छन् । औद्योगिक क्षेत्र बन्न लागेको स्थानको विष्णु पौडेल र नेकपा नेता घनश्याम भुसालको निर्वाचन क्षेत्रमा पर्छ। नेता भुसालले पनि जनताको असहमतिका बीच शिलान्यास गर्न नहुने बताएका छन्।
यद्यपी, कडा सुरक्षाबीच अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। नेता भुसालले जनतालाई धम्क्याएर विकास अघि बढाउन नहुने बताएका छन् ।

.gif)



