बालुवाटारमा सत्तारुढ दलहरूको बैठक जारी
खबर एक्सप्रेस
२०८१-१२-११ ०४:२६ मा प्रकाशित
Total Shares: 156
काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि सत्तारुढ दलहरूको बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रहेका छन् ।
त्यस्तै, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत सहभागी छन् । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस