फुलहमसँग हार्यो लेस्टर
खबर एक्सप्रेस
२०७७-०८-१६ ०७:४४ मा प्रकाशित
Total Shares: 343
काठमाडौं, एजेन्सी - प्रिमियर लिग फुटबलमा लेस्टर सिटी रेलिगेशन क्षेत्रमा रहेको फुलहमसंग पराजित भएको छ । गएराति घरेलु मैदानमा लेस्टर सिटी फुलहमसंग २–१ ले पराजित भएको हो ।
खेलको ३० औं मिनेटमा एडमोला लुकम्यानले गोल गर्दै पाहुना टोली फुलहमलाई अग्रता दिलाएका थिए । त्यसको ८ मिनेटपछि इभान काभालेरोले पेनाल्टीमा गोल गर्दै फुलहमको अग्रता दोब्बर बनाएका थिए ।
खेल सकिन चार मिनेट अघि हार्वे बान्र्सले गोल गरेपनि लेस्टरको हार टार्न भने सकेनन् । लेस्टरले शीर्ष स्थानको टोटेनहमसंग अंक बराबरी गर्ने अवसर गुमाएको छ ।
लेस्टर १८ अंक सहित चौथो स्थानमा छ । फुलहम ७ अंक सहित पुछारबाट चौथोमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस