काठमाडौं - त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई २३९ रनको  लक्ष्य दिएको छ । 

शनिबार कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सानदार रन जोड्न सफल भएको हो । 

नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन जोड्न सफल भयो । 

नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बनाएको यो हालसम्मकै सर्वाधिक रन हो ।  नेपालका लागि कुशल भुर्तेलले ७७ रन जोडे । 

आसिफ शेख  १६ रनमा समेटिए ।  कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन जोडे भने कुशल मल्लले ५० र दीपेन्द्रसिंह ऐरी ४८ रन जोडे ।