कारोना संक्रमण तिव्र गतिमा फैलिन थालेपछि सेयर बजार पूनःबन्द
काठमाडौं - मुलुकमा कारोना संक्रमण तिव्र गतिमा फैलिनथालेपछि सेयर बजार पूनःवन्दहुने भएको छ। लकडाउनका कारण लामोसमय बन्द रहेको सेयर कारोबार विगतदुई दिन सूचारु भएको थियो।
मंगलबारदेखी दैनिकविहान ११ बजेदेखि दिउँसो १ बजेसम्म (दुई घण्टा) कारोबार खोल्ने निर्णय गरेको नेपालधितोपत्रबोर्डले सेयर कारोबार सूरु भएको तेस्रो दिनपूनवन्दगर्ने निर्णय गरेको हो।
सरकारले लकडाउनलाई थप कडाई गरेकाले बिहीबारदेखि नै सेयर कारोबार बन्दगर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशनदिएको बोर्डले जनाएको छ।
कोरोना संक्रमीतको संख्या बढेसँग सरकारले लकडाउन थप कडा गरेपछि अवस्था सामान्यनभएसम्मकालागि सेयर कारोबार वन्दगर्न निर्देशनदिएको बोर्डले जनाएको छ।
लामोसमयपछि मंगलबार खुलेको पहिलो दिनमै सेयर बजारमा सर्किट ब्रेक लागेको थियो। बजार खुलेको करिब डेढ घण्टाको अवधीमा नेप्से परिसूचक २५ अंकले बजार घटेपछि सक्रिट ब्रेक लागेको हो।
सेयर खुलेको पहिलो दिन एक लाख ६ हजार तीन सय १२ कित्ता सेयर किनबेच भएकाथिए। नेप्सेका अनुसार सेयर बजार खुलेको करिब डेढ घण्टाको अवधीमा ८७कम्पनीकाकरिब १० करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।
त्यसैगरी, सेयर बजार खुलेको दोस्रे दिनअर्थात बुधबार पनिलगानीकर्ताका लागि सुखद रहेन्। बुधबार पनि सेयर किनबेच सूरु भएको करिब ३९ मिनेटको अवधीमा नेप्से परिसूचकमा सर्किट ब्रेक लागेको थियो।
दोस्रो दिनपनि सेयर कारोबार खुलेको केहीबेरमै नेप्से परिसूचक २४ दशमलव ५८ अंकले बजार घटेपछि सक्रिट ब्रेक लागेको हो। बुधबार ७४ कम्पनीका ३६ लाख १३ हजार पाँच सय २३ रुपैयाँ बराबरका १० हजार पाँच सय २६ कित्ता सेयर किनवेच भएकाथिए।
लामोसयमको लकडाउनपछि सेयर बजार खुल्दा सेयर लगानीकर्तामा केहीहर्ष छाएपनि बोर्डले गरेको नयाँनिर्देशनसँगपूनः नेप्से वन्दहुने भएको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस