आईपीएल खेल्न सन्दीप युएईमा
काठमाडौं - नेपाली क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० खेल्नका लागि युएई पुगेका छन् । १३औं संस्करणको आईपीएल यही सेप्टेम्बर १९ देखि युएईमा सुरु हुँदैछ ।
वेस्ट इन्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) खेलेर सन्दीप यूएई पुगेका हुन् । सीपीएलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । आईपीएलमा दिल्ली क्यापिटल्समा आबद्ध उनी अब होटल क्वारेन्टिनमा बस्नेछन् ।
सन्दीपले टिमको प्रशिक्षणमा सहभागी हुनका लागि कोरोना परीक्षण गराउनुपर्नेछ । दुई पटक कोरोना नेगेटिभ आएपछि मात्र उनले टिमको प्रशिक्षणमा सहभागी जनाउनेछन् ।
सन्दीपको टिम दिल्लीले पहिलो खेल किङ्स इलाभेन पन्जाबसँग खेल्दै सुरु गर्नेछ । दुई टोलीबीचको पहिलो खेल सेटेम्बर २० मा हुने तय भएको छ ।उद्घाटन खेल भने साविक बिजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नाई सुपर किंग्स बिच हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस