काठमाडौं - कोशी, कन्काई, पश्चिम राप्ती, बबई र यसका सहायक नदी जलाधार क्षेत्रमा आज बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

साथै, नारायणी, कर्णाली, महाकाली नदीमा पानीको बहाव सतर्कता तह भन्दा तलै रहने छ ।

प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा,भोजपुर,ताप्लेजुङ, संखुवासभा, वाग्मती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप गण्डकीको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ, स्याङजा, लुम्बिनीको पाल्पा, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया र रुकुम, कर्णालीको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट तथा सुदूरपश्चिमको कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास भइ बहने नदी जलाधारमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।