काठमाडौं - काठमाडौं उपत्यकामा थप १ सय ७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ७१ जना संक्रमित थपिएको हो। तीमध्ये काठमाडौंका १ सय ५० जना, ललितपुरका १६ जना र भक्तपुरका ५ जना छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय २ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३७ पुगेको छ।