ला लिगा: शीर्षस्थानमा उक्लियो रियल
खबर एक्सप्रेस
२०७६-१०-१३ ११:०० मा प्रकाशित
Total Shares: 475
काठमाडौं - स्पेनिस महारथि रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
आईतबार राति भएको खेलमा रियल भालाडोलिडलाई हराउँदै मड्रिड क्लब लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
भालाडोलिडको घरेलु मैदानमा भएको खेलमा मड्रिड क्लबले १–० को जित निकाल्यो । खेलको ७८ औ मिनेटमा नाचोले गोल गर्दै रियललाई महत्वपूर्ण तीन अंक दिलाए । टोनी क्रुसको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए ।
रियल पछिल्ला १९ खेलमा अपराजित छ । शीर्ष स्थानको रियलको २१ खेलबाट ४६ अंक छ । भालाडोलिड २२ अंक सहित रेलिगेशन जोन भन्दा दुई स्थानमा माथि छ ।
फेसबुक पेज Like गर्नुहोस