काठमाडौं - भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गएको  बताए । 

उनले यो नयाँ भूकम्प नभएको २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि बताए । बिहान ८ बजेर १६ मिनेट जाँदा गएको भूकम्पको धक्का काठमाडौं उपत्यकामा सामान्य महसुश भएको थियो ।