विराटनगरमा थपिए २२ जना संक्रमित, पत्रकारलाई पनि संक्रमण
खबर एक्सप्रेस
२०७७-०४-२४ ११:५२ मा प्रकाशित
Total Shares: 274
विराटनगर - मोरङको विराटनगर महानगरपालिकामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एकजना फोटो पत्रकारसहित तीन जना पत्रकार पनि रहेका छन् ।
पत्रकारमा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका अन्यको स्वाब संकलन गरिएको छ । त्यसैगरी उनीहरु आबद्ध दैनिक पत्रिकाको प्रकाशन पनि अनिश्चितकालका लागि बन्द गरिएको छ ।
पछिल्लोपटक संक्रमण पुष्टि भएकाहरु विराटनगर महानगरपालिका विभिन्न स्थानका बासिन्दाहरु हुन् ।
पछिल्लो समय संक्रमण बढेसँगै विराटनगरमा साउन महिनाभरका लागि लकडाउन लागू गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस