काठमाडौंमा आजदेखि प्लस टुका विद्यार्थी र ४० वर्षमाथिकालाई खोप दिइने
खबर एक्सप्रेस
२०७८-०५-०४ ०८:३५ मा प्रकाशित
Total Shares: 287
काठमाडौं - काठमाडौं महानगरपालिकाले आजदेखि १८ वर्ष पुरा भएका कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ । महानगरले शुक्रबारदेखि प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप दिन लागेको हो ।
यस्तै, आजैदेखि काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने महानगरले जनाएको छ । महानगरका अनुसार खोप अभियान महानगरका ३२ वटै वडामा भदौ ४, ५, र ८ गते सञ्चालन हुनेछ ।
वडा खोप केन्द्रबाहेक महानगरले तोकेको अन्य ८ अस्पतालमा समेत खोप लगाउन सकिनेछ । खोप केन्द्र बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस