चार पूर्वप्रधानन्यायाधीशको एकै स्वर : प्रतिनिधिसभा विघटन असंवैधानिक
खबर एक्सप्रेस
२०७७-०९-२४ ०९:०१ मा प्रकाशित
Total Shares: 693
काठमाडौं - चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वव्यक्त जारी गर्दै यस्तो भनेका हुन् ।
‘आकर्षित नहुने धारा ग्रहण गरी प्रनिनिधिसभा विघटन गरिएको पाइन्छ । दलहरुको आन्तरिक द्वन्द्व वा खिचलो जस्ता कुनै परिस्थितिले जुन प्रयोजनका लागि जे कुरा गर्न व्यवस्था गरिएको छ, सो बाहेकको कार्यमा उक्त धारा आकर्षित हुन सक्दैन ।’संयुक्त वक्तव्यमा भनिएको छ ।
विज्ञप्ती:-


.gif)



फेसबुक पेज Like गर्नुहोस