काठमाडौं,काभ्रेपलान्चोक-काभ्रेपलान्चोकको पनौतीमा पहिरोले एक घर पुरेको छ ।

पनौती ११ मा पहिरोमा अर्जुन भण्डारीको घर पुरिएको हो ।

घर पुरिँदा भण्डारीको परिवारका पाँच सदस्य सम्पर्कविहीन भएका छन् ।

विपद् उद्धार बेस पनौतीबाट १५ जनाको टोली उद्धारका लागि खटिएको छ।