काठमाडौं - काठमाडौंको गोंगबुस्थित गणेशस्थानमा भएको हत्या अभियोगमा प्रहरीले एक महिलालाई चितवनबाट पक्राउ गरेको छ।

नयाँबजारस्थित गार्मेन्टमा काम गर्दै आएका दाङका कृष्णबहादुर बोहराको हत्या आरोपमा प्रहरीले चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरेको हो। उनलाई काठमाडौं ल्याइदैछ।

बोहराको शव आइतबार फेला परेको थियो। शवको मुख्य भाग सुटकेशमा तथा टाउको झोलामा फेला परेको थियो।