काठमाडौं - एनएमबि बैंकले स्मार्ट बैंकिङको प्रयोगमा नयाँ आयामस्वरूप फेसबुकबाटै खाता खोल्न मिल्ने सुविधा सञ्चालन गरेको छ । बैंकले फेसबुकको म्यासेन्जरबाटै मुद्दती तथा निक्षेप खाता खोल्ने र नवीकरण गर्न सकिने सुविधा सञ्चालन गरेको हो । 

अहिलेको प्रतिकूल अवस्थामा पनि ग्राहकलाई छरितो वित्तीय सुविधा दिने उद्देश्यले सेवा सञ्चालन गरेको बैंकले जनाएको छ । नयाँ सुविधाले डिजिटल बैंकिङ सेवा बढाउँदै ग्राहकलाई सहजता प्रदान गर्र्ने बैंकको विश्वास छ ।

‘हामी घरबाटै आरामपूर्वक बैंकिङ गतिविधि रोज्न सक्ने उपयुक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौँ,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ,’ आफ्ना मूल्यवान् ग्राहकवर्गलाई बैंकिङ अनुभवहरू परिष्कृत भएको महसुस गर्न फेसबुक म्यासेन्जरकैे प्रयोगले खाता–मुद्दती निक्षेप खोल्ने नवीन र सुविधाजनक सेवाहरू ल्याइएको हो ।’

नयाँ सुविधामार्फत ग्राहकलई नयाँ अनुभव मिल्ने तथा डिजिटल बैंकिङमा पनि नयाँ आयाम थपिने बैंकको विश्वास छ । नेपाली बैंकिङ क्षेत्रमै पहिलोपटक यस्तो सुविधा सञ्चालन गरेको बैंकको दाबी छ ।