काठमाडौ - पाल्पामा गुडिरहेको जिप र स्कोर्पियोमाथि पहिरो खस्दा एक जनाको मृत्यु हुनका साथै ६ जना घाइते बनेका छन्।

शुक्रबार बिहान सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका, दोभान हेडबक्स नजिकै जिप र स्कोर्पियोमाथि पहिरो खसेको हो।

पहिरोमा परेर बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज २६१७ नम्बरको जिपका चालक कालीगण्डकी गाउँपालिका वडा नं. ६ का २६ वर्षीय कमल परियारको मृत्यु भएको हो।

सडक माथिबाट खसेको पहिरोले पहिरोले जिपलाई पुर्दा चालक परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै गाडीमा सवार ६ जना घाइते रहेको र उनीहरुलाई उपचारका लागि बुटवल पठाइएको छ।