घट्यो सुन चाँदीको मूल्य
खबर एक्सप्रेस
२०८०-०३-०२ १२:३८ मा प्रकाशित
Total Shares: 65
काठमाडौं - बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ९ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० र चाँदीको मूल्य १४ सय २५ रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाल सुन एक लाख १२ हजार ७ सय, तेजावी सुन एक लाख १२ हजार १५० र चाँदीको मूल्य १४ सय ५० रुपैयाँ तोकिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस