इंग्ल्याण्डको फराकिलो जित, बराबरीमा रोकियो स्पेन
काठमाडौं,एजेन्सी - इंग्ल्याण्डको फराकिलो जित, बराबरीमा रोकियो स्पेन
एजेन्सी । फिफा विश्वकप फुटबल छनोट अन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्डले फराकिलो जित हात पार्दा स्पेन भने बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले सान मारिनोलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउन डोमिनिक काल्भर्ट लेविनले दुई, जेम्स वार्ड, रहिम स्ट्रर्लिङ र ओली वाट्किन्सले समान एक-एक गोल गरे ।
खेलको १४ औं मिनेटमा जेम्सले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा लेविनले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । खेलको ३१ औं मिनेटमा रहिमले गोल गर्दै पहिलो हाफमा इंग्ल्यान्डलाई ३-० को बलियो स्थितिमा पुर्याए ।
खेलको ५३ औं मिनेटमा लेविनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ४-० को बनाए । त्यसपछि खेलको ८३ औं मिनेटमा वाट्किन्सले गोल गर्दै इंग्ल्यान्डलाई ५-० को जित दिलाए ।
यता, बिहिबारै भएको खेलमा स्पेन ग्रिससँग १-१ गोलको बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेन बराबरीमा रोकिएको हो ।
खेलको ३३ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, खेलको ५७ औं मिनेटमा अनास्टासिओस बाकासेटासले पेनाल्टीमा गोल गर्दै ग्रिसलाई हारबाट जोगाए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस