प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा एक महिनापछि स्वीकृत
खबर एक्सप्रेस
२०८०-०९-१९ ०१:०२ मा प्रकाशित
Total Shares: 113
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार गत मंसिर २० देखि लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत भएको हो ।
प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले नियुक्त भएको १० महिनापछि गत २० मंसिरमा सुटुक्क राजीनामा बुझाएका थिए । राजीनामा दिएको एक महिनापछि स्वीकृत भएको हो ।
फेसबुक पेज Like गर्नुहोस