काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा एभर्टनले जित हात पारेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा एभर्टनले साउथह्याम्पटनलाई १-०ले पराजित गरेको हो।
एभर्टनको जितमा रिचार्लिसनले निर्णायक गोल गरे । उनले खेलको नवौं मिनेटमा गिल्फी सिगुर्डसनको पासमा गोल गरेका थिए ।
जितसँगै एभर्टन २५ खेलबाट ४३ अंक जोडेर सातौं स्थानमा यथावत रहेको छ । पराजित साउथह्याम्टन ३० अंक जोडेर १४औं स्थानमा छ ।

.gif)


