लेभान्टेसँग भ्यालेन्सिया पराजित
खबर एक्सप्रेस
२०७७-११-२९ ०९:३५ मा प्रकाशित
Total Shares: 255
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा लेभान्टेसँग भ्यालेन्सिया पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा लेभान्टेले भ्यालेन्सियालाई १-०ले पराजित गरेको हो ।
लेभान्टेलाई जितमा रोजर मार्टीले निर्णायक गोल गरे । उनले खेलको १८ औं मिनेटमा गोल गरेका हुन् । खेलमा पाएको अवसर सदुपयोग गर्न नसक्दा भ्यालेन्सिया भने पराजित हुन पुग्यो ।
जितसँगै आठौं स्थानमा उक्लिएको लेभान्टेले २७ खेलमा ३५ अंक जोडेको छ । पराजित भ्यालेन्सिया ३० अंकसहित १२औं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस