काठमाडौं - काठमाडौं उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको फारम सार्वजनिक भएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार पास पाउन अबदेखि कार्यालयले जारी गरेको फारमअनुसार निवेदन दिनुपर्दछ ।

फारममा यात्रुहरुको नाम, थर, स्थायी ठेगाना र सम्पर्क नम्बर लेख्नुपर्दछ । जाने स्थान, जाने मिति, सवारी धनीको नाम, चालकको नाम पनि उल्लेख गर्नुपर्छ।

कार्यालयले जारी गरेको ढाँचा सेवाग्राही आफैंले प्रिन्ट गरी निवेदनसहित दिनुपर्नेछ। निवेदनका साथमा जानु पर्ने स्थानीय तहको सिफारिश वा यात्रा प्रयोजन खुल्ने कागजातको फोटोकपीसमेत समावेश गर्नुपर्ने कार्यालयले जनाएको छ।