समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि
खबर एक्सप्रेस
२०७८-०७-२७ ०९:०५ मा प्रकाशित
Total Shares: 263
काठमाडौं - नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले शनिबारबाट सुरु हुने केन्द्रीय कमिटीको पूर्ण बैठकको एजेण्डा तय गरेको छ ।
नेकपा (एस)को शुक्रबार स्थायी कमिटी बैठकले आजबाट हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको हो । केन्द्रीय कमिटी बैठक आज र भोलिसम्म चल्नेछ ।
बैठकको एजेण्डामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीदेखि सरकारमा सहभागी भएका पार्टीका मन्त्री र प्रदेश प्रमुखले गरेको कार्य र कार्य कार्यबारे बैठकलाई जानकारी गराउनेसम्म छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस