काठमाडौँ - त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन्।
काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति थापालाई प्रधानमन्त्रीसमेत रहेका कुलपति बालेन शाहले उपकुलपति नियुक्त गरेका हुन्।
उनी २०७७ माघमा केयूको उपकुलपति नियुक्त भएका थिए । साइन्स क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह तथा ल्याबोरेटरी स्कुल, कीर्तिपुरबाट विद्यालय शिक्षा पूरा गरेका हुन्।
मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका उनले टर्बाइन रनरमा स्नातकोत्तर गरेका छन्।

.gif)


