क्यानलाई बीमक संघको चेतावनी:'अराजकता र असभ्यताको पृष्ठपोषण हुदैन,सभ्य र मर्यादित बन्नुस्’
काठमाडौं - निर्जीवन बीमा व्यवसायीहरुको संगठन नेपाल बीमक संघ र क्यान बीच विवाद चर्किएको छ ।
हाइड्रो तथा इन्जिनियरिङ बीमामा अत्यधिक क्षतिका साथै जोखिम बढी भएको कारण नियामक बीमा समितिले तोकेको दर रेटमा क्यानले असन्तुष्टि जनाउँदै आएको थियो ।
उक्त विषयको छलफलमा नेपाल बीमक संघले स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) र नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)सँग भएको छलफलमा क्यानका पदाधिकारीहरु अमर्यादित भएको भन्दै बीमक संघले छलफल बहिष्कार गरेको जनाएको छ ।
बीमा समितिको कार्यालयमा बसेको बैठकमा बीमक संघका पदाधिकारीहरूले पटक-पटक जहाँ अफ्ठयारो छ,सो विषयमा वार्ता गरी समस्या फुकाउन मर्यादित पहल गर्दा गर्दै एफक्यानका अध्यक्षले तल्लो स्तरका अमर्यादित शब्दहरू प्रयोग गरी आरोप लगाएको कारणले बैठक बहिष्कार गरी निस्कन बाध्य भयौं,’ संघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
बीमक संघले अराजकता र असभ्यताको पृष्ठपोषण नगर्ने भन्दै सभ्य र मर्यादित बन्न क्यानलाई बीमक संघले चेतावनी समेत दिएको छ ।
हेरौं बीमक संघले जारी गरेको विज्ञप्ती
फेसबुक पेज Like गर्नुहोस