काठमाडौं - इटालियन सिरि ‘ए’ फुटबलको लिग च्याम्पियन युभेन्ट्सका मुख्य प्रशिक्षक माउरिजियो सारी बर्खास्त भएका छन् । 

शुक्रबार च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै टिम बाहिरिएपछि प्रशिक्षक सारीलाई युभेन्ट्सले बर्खास्त गरेको स्रोतले बताएको छ । युभेन्ट्सले शुक्रबार राति अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा फ्रेन्च क्लब लियोनसँग २-२ को बराबरी खेलेको थियो ।

पहिलो लेगमा १-० को हार बेहोरेको युभेन्टसले घरेलु मैदानमा शुक्रबार राति २-१ को जित दर्ता गरेपनि अगाडि बढ्न सकेन । युभेन्टसको जितमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए । तर,‘अवे गोल’ गोलको आधारमा लियोनले अन्तिम ८ मा स्थान बनाउँदा युभेन्ट्स प्रतियोगिताबाट बाहिरिन पुग्यो । 

 युभेन्ट्सले सन् २०१९ मा सारीलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो ।