भारतीय राजदूत र सभामुख सापकोटाबीच शिष्टाचार भेट
काठमाडौं - भारतीय राजदूत विनयमोहन क्वात्राले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।
नेपालका लागि नवनियुक्त राजदूत क्वात्राले मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको थियो ।
नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्रकृतिक सम्बन्ध भएकोले सरकार-सरकार, संसद-संसद र जनता-जनताबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।
भेटमा सभामुख सापकोटाले भूकम्पपछि भारतले गरेको सहयोग र वर्तमान अवस्थामा कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरिरहेको सहयोगको प्रशंसा गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस