नेपाल एयरलाइन्सले आजदेखि साँफेबगर विमानस्थलबाट उडान भर्ने
खबर एक्सप्रेस
२०७८-०७-०९ ०८:१५ मा प्रकाशित
Total Shares: 321
काठमाडौं, अछाम - नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आज मंगलबारबाट अछामको साँफेबगर विमानस्थलमा पनि उडान भर्ने भएको छ। निगमले आज दुईवटा उडान भर्न लागेको हाे ।
निगमका उपर्निदेशक रमेश पौडेलका अनुसार पहिलो उडान बिहान १० बजे धनगढीदेखि साँफेबगर र साँफेबगरबाट १०ः४५ बजे धनगढीका लागि उडान हुनेछ। दोस्रो उडान धनगढीबाट फेरि ११ः ३० बजेका लागि तय भएको र साँफेबगरबाट १२ः १५ बजे धनगढीका लागि उडान छ ।
धनगढीबाट अछाम र अछामबाट धनगढीका लागि ३७ सय ८५ कायम गरिएको छ । नेपालमा कोरोना महामारीका कारण गरिएको लकडाउनले उडान बन्द गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस