चितवनमा उपचाररत गैंडाकोटका सङ्क्रमित पुरुषको मृत्यु
खबर एक्सप्रेस
२०७७-०७-१२ ०७:२९ मा प्रकाशित
Total Shares: 306
काडमाडौं,चितवन - चितवनमा थप एक कोरोना (कोभिड १९) सङक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैंडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
श्वासप्रश्वासको समस्या भएर कात्तिक ३ गते अस्पताल भर्ना भएका उनको मंगलबार बेलुका ५ः२६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनलाई यही कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो ।
उनको अवस्था जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । मृतक पुरुष मधुमेहको समेत बिरामी थिए ।
फेसबुक पेज Like गर्नुहोस