काठमाडौं,एजेन्सी - इटालियन सिरी ‘ए’ विजेता युभेन्ट्सले सहज जित हात पारेको छ । गएराति भएको खेलमा युभेन्ट्सले रोमालाई २-० ले पराजित गरेको हो ।

खेलको १३औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ६९औं मिनेटमा रोजर इवानेजले आत्मघाती गोल गरेपछि युभेन्टसले २-० को सहज जित निकाल्न सफल भयो ।

यो जितसंगै युभेन्ट्सले २० खेलमा ४२ अंक जोडेको छ । युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित रोमा भने ४० अंक जोडेर चौंथो स्थानमा छ ।