प्रवीण बाँस्तोला मृत्यु प्रकरणमा थप एक जना पक्राउ
काठमाडौं - मोरङको उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बाँस्तोला मृत्यु प्रकरणमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा १९ वर्षीय सुदीप परियार रहेका छन् । उनी मोरङको कानेपोखरी गाउँपालिका-७ रमाइलोबाट सोमबार राति पक्राउ परेका हुन् । उनलाई आज सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गर्ने तयारी छ ।
गत पुस ५ मा डेरा लिएर बसेका साथीको कोठामा सुतेको बेला प्रवीणको शङ्कास्पद अवस्थामा शव फेला परेको थियो । त्यसपछि प्रवीणको हत्या भएको भन्दै ६ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो ।
यसअघि र्लाबारी-९ का ३४ वर्षीय कुमार राईलाई तीन लाख धरौटी र उर्लाबारी नगरपालिका-६ का ६० वर्षीय रमेश गिरीलाई एक लाख रुपैयाँ धरौटी लिएर जिल्ला अदालत मोरङले छाड्न आदेश दिएको थियो । रतुवामाई-१० का २९ वर्षीय मेहरमान दर्जीलाई भने पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस