काठमाडौं-सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुबीचको छलफल सुरू भएको छ।

सदनको अवरोध खुलाउन सभामुखको कार्यकक्ष सिंहदरबारमा दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल सुरू भएको हो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै मंगलबारदेखि संसद अवरोध हुँदै आएको छ ।

यद्यपी बिहिबार भने बजेट भाषणका लागि विपक्ष दलहरुले सदन चल्न दिएका थिए ।

गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने विपक्षहरुको अडानका कारण सभामुख घिमिरेले बिहान ११ बजे दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता हुनसक्ने भन्दै उनको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्।