सर्वोच्चमा प्रस्तावित न्यायाधीशको नाम अनुमोदन
खबर एक्सप्रेस
४ घण्टा अगाडि
Total Shares: 28
काठमाडौें-संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र एकजना न्याय परिषद् सदस्यको नाम अनुमोदन गरेको छ । आज बिहान बसेको संसदीय समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई अनुमाेदन गरेकाे हाे ।
समितिले न्याय परिषद सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको छ । यसप्रति माओवादीले भने असहमति जनाएको छ । निर्णयमा असहमति जनाउँदै माओवादी सांसद्हरूले बैठक बहिष्कार गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस