संसद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०८१-१०-१८ ०७:१७ मा प्रकाशित
Total Shares: 142
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
आजदेखि शुरू हुने संसद्को हिउँदे अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।
उनले संसद् भवन नयाँ बानेश्वरमा दिउँसो साढे १ बजे प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा अन्य राजनीतिक दलका नेताहरूले पनि बोल्ने कार्यसूची छ । नेकपा माओवादी लगायतका विपक्षी दलहरूले सरकारले हालै ल्याएका अध्यादेशको चर्को विरोध गर्ने तयारी गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस