मेयर साम्पाङलाई अदालतको आदेश: 'व्यक्तिको जग्गामा अनधिकृत रूपमा प्रवेश र वृक्षरोपण नगर्नू'
खबर एक्सप्रेस
२०८०-०४-११ ०९:०२ मा प्रकाशित
Total Shares: 187
काठमाडौं-उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका नामा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश मिलनकुमार राईको इजलासले सर्दु जलधार क्षेत्रमा रहेको व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न भन्दै अन्तरिम आदेश दिएको हो ।
धरान–४ की रोजिना अधिकारीले दायर गरेको रिटमा न्यायाधीश राईको इजलासले बिहीबार मुद्दाको अन्तिम टुंगो नलागेसम्म व्यक्तिको नाममा रहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, विरुवा रोप्नेजस्ता काम नगर्न भनेको छ ।
साथै अदालतले उपमहानगरलाई रिट निवेदकको मागबमोजिमको आदेश जारी नहुनुपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र लिखितरूपमा जवाफ पेस गर्न आग्रह गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस