काठमाडौं - मेलम्ची आयोजनाको दोस्रो चरणको निर्माणका लागि रु ५ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

बजेट भाषण गर्दै अर्थन्त्री खतिवडाले भने मेलम्ची खानेपानी आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुमै काठमाडौं उपत्यकामा वितरण गर्ने व्यवस्था मिलाएको छु ।

त्यस्तै खतिवडाले माथिल्लो तामाकोसी, रसुवागढी, सान्जेन र मध्यभोटेकोसी जलविद्युत आयोजनाबाट थप एक हजार ३ सय मेगावाट विद्युत उत्पादन हुने बताएका छन् ।