काठमाडौं,एजेन्सी - युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले नेसन्स लिग फुटबलको सेमिफाइनल ‘ड्र’ सार्वजनिक गरेको छ ।

बिहीबार सार्वजनिक भएको ‘ड्र’ अनुसार पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा बेल्जियमले फ्रान्सको सामना गर्नेछ ।

इटाली र स्पेनको खेल २०२१ को अक्टोबर ६ मा मिलानमा हुनेछ भने भने बेल्जियम र फ्रान्सको अक्टोबर ७ मा टुरिनमा हुनेछ । यस्तै, फाइनल खेल अक्टोबर १० मा मिलानमै हुनेछ ।