काठमाडौं - नवनिर्वाचित नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमितिको पहिलो बैठक आज (आइतबार) बस्दैछ ।

आइसीसीले असोज २६ गते क्यानको निलम्बन सशर्त फुकुवा गरेपछि पहिलो पटक बोर्ड बैठक बस्न लागेको हो ।

बैठकमा कप्तानी पदबाट पारस खड्काको राजिनामा मुख्य एजेन्डा मानिएको छ । साथै क्यानको सशर्त निलम्बनका विषयमा समेत छलफल हुने बताइएको छ ।

बैठक आज दिउँसो ३ बजे मूलपानीमा बस्ने बोर्डको तयारी छ ।