श्रीलंकाका सबै मन्त्रीहरूले दिए सामूहिक राजीनामा
काठमाडौं - चरम आर्थिक सङ्कट व्यवस्थापनप्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच श्रीलङ्काका सबै मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् ।
प्रधानमन्त्री महिन्द राजपक्ष र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षबाहेक मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका हुन् । राजीनामा गर्नेमा प्रधानमन्त्रीका छोरा नमल राजापाक्षे पनि छन्।
श्रीलङ्का सन् १९४८मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ। लगभग आधा दिन लोडसेडिङ, खाद्यान्न, औषधि अनि इन्धनको अभावका कारण सर्वसाधारणहरू क्रुद्ध भएका छन्।
खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शन चर्किएपछि श्रीलङ्कामा सरकारले ३६ घण्टाका लागि कर्फ्यु घोषणा गरेको थियो। त्यसको अघिल्लो दिन राष्ट्रपति गोटाबय राजपक्षको निवास नजिकै झडप भएको थियो। उनको कोलम्बोस्थित निवासबाहिर विरोध प्रदर्शन शान्तिपूर्ण रूपमै सुरु भएको थियो। प्रदर्शन रोक्ने प्रयासमा सडकमा सेना परिचालन गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस