काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो २:०० बजेका लागि बोलाइएको बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुन लागेको हो ।

बैठकमा नियमावली संसोधन र विधान परिमार्जनका विषयमा पनि छलफल हुने बताइएको छ । काँग्रेसले महाधिवेशन तयारीका लागि जिल्ला अधिवेशन गराउन विधान परिमार्जन गर्न लागेको हो ।

यस्तै बैठकमा ललिता निवास जग्गा प्रकरणमा उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै अवरुद्ध संसद खुलाउने विषयमा पनि छलफल हुने बताइएको छ ।