काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ६०९ र एन्टिजेन विधिबाट ४ हजार ३७० जनामा परिक्षण गर्दा  १ हजार ८९७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । 

यस्तै, आज थप १७४३ जना कोरोना संक्रमण मुक्त भएका छन्  भने २० जनाको मृत्यु भएको छ ।