केन्द्रीय कारागारका तीन कैदीको मृत्यु, एक जनामा कोरोना संक्रमण
काठमाडौं - सुन्धारास्थित केन्द्रीय कारागारका तीन जना कैदीको मृत्यु भएको छ। मृत्यु भएकामध्ये एक जना ४० वर्षीय पुरूष कोरोना संक्रमित हुन्।
कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका पुरुषको मृत्यु भएको हो । उनमा भदौ १० गते कोरोनाभाइरसको संक्रमण देखिएको थियो भने सोमबार राति मेघा अस्पतालमा मृत्यु भएको हो।
यस्तै, अन्य दुई जना ६० वर्षीय र ६४ वर्षीय पुरूषको मंगलबार बिहान वीर अस्पतालमा मृत्यु भएको कारागार स्रोतले बताएको छ । उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
कारागार स्रोतका अनुसार कोरोनाबाट मृत्यु हुने पुरुषमा छारे रोग, मुटु र मानसिक समास्या थियो। अन्य दुईजना मुटु र दमको रोगी थिए।
केन्द्रीय कारागारमा अहिलेसम्म ५२ जना कैदीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
फेसबुक पेज Like गर्नुहोस