काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचय पत्र बनाउन छुटे पनि नागरिकहरूले राज्यबाट सेवा सुविधा पाउने बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

२८ जिल्लामा मात्रै भदौ मसान्तसम्म राष्ट्रिय परिचय पत्र बनाउने समय दिइएको उनले बताए । भदौ मसान्तसम्ममा पनि परिचय पत्र बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट नागरिकलाई बञ्चित नगरिने उनको भनाई छ ।

नागरिकलाई राज्यले कहिले पनि सेवा सुविधाबाट विमुख नपार्ने उनले बताए ।