काठमाडौं - बलिउड अभिनेत्री कंगना रनौत ‘फाटेको’ जिन्स पाइन्ट लगाएपछि विवादमा तानिएकी छन् ।

हुन त उनी प्राय विवादमा आइरहन्छिन् । जुन विषयमा पनि खुलेर विचार राख्दा विवादमा तानिनेगरेकी उनी यस पटक भने पहिरनका कारण विवादित बनेकी हुन् । 

उनले लगाएको जिन्स पाइन्टकै कारण उनी अहिले ट्रोलरको निशानामा परेकी छन् । 

हालै कंगनाले ‘फाटेको जिन्स’ लगाएको आफ्नो तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । उनले शो तस्वीरको क्यापसनमा लेखेकी छन्, यदि तपाईं (रिप्ड) ‘फाटेको’ जिन्स लगाउन चाहनुहन्छ भने त मौसमलाई ध्यान दिनुस् । ताकी तपाईंको यो स्टाइल कुनै गरिबको जस्तो नलागोस्, घरमा पैसा नमिलेको जस्तो नदेखियोस् ।’सामाजिक सञ्जालमा उनको केही पूराना यस्तै तस्वीरहरू अहिले भाइरल भइरहेका छन् । उनका फ्यानहरूले उनको तस्वीरु प्रतिक्रियाका साथ शेयर गरिरहेका छन् । 

उनका फ्यानहरूले उनलाई कपटी समेत भनेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, हाइपोक्र्यासीका सबै सीमा तोडियो । 

Image